शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

दैनिक नेपाल २०७५ भदौ २९ गते १९:४०

काठमाडौं, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने उनका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिए ।

भ्रमण दलमा १५ जनाको सहभागिता छ । उनी आगामी असोज ४ गते स्वदेश फर्कनेछन् । -रासस

प्रतिक्रिया
सम्बन्धित