शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

निर्मलाका बाबुआमालाई भेटेर गृहमन्त्री थापाले दिए यस्तो जवाफ

निर्मलाका बाबुआमा भन्छन्–न्याय पाउने आश मरिसक्यो

दैनिक नेपाल २०७५ भदौ २९ गते १९:२५

काठमाडौं, २९ भदौ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका बाबुआमाले शुक्रबार गृहमन्त्री रामबहादु थापालाई भेटेका छन् । सो भेटका क्रममा उनीहरुलाई आश्वास्त पार्दै गृहमन्त्री थापाले अपराधीको खोजी भईरहेको र आफूहरु दोषी पत्ता लगाउने नजिक पुगेको बताए ।

निर्मलाका बाबुआमाले गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । सो क्रममा गृहमन्त्री थापाले छानविनको प्रक्रिया अगाडीबढिसकेको र छिटै अपराधी पत्ता लगाएर छाट्ने प्रतिबद्धता जनाए । उनले घटनाका दोषीलाई जसरी भए पनि कानुनको कठघरामा उभ्याइछाड्ने बताउँदै जनताको आवाजलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच निर्मलाका बाबुआमाले आफूहरुले न्याय पाउने आशा मारिसकेको बताए । तर पनि आफूहरु केहीसमय काठमाडौंमै बस्ने पनि जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित