शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

सुन प्रकरणमा मुछिएका एसएसपी लोहनीलाई रिहा गर्न उच्च अदालतको आदेश

दैनिक नेपाल २०७५ भदौ २९ गते १९:००

काठमाडौं, २९ भदौ । ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा मुछिएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश शारङ्गा सुवेदी र नागेन्द्रलाभ कर्णको इजलासले एसएसपी लोहनीलाई रिहा गर्न आदेश दिएको हो ।

असार ७ गते लोहनीले थुनामुक्त हुन पाउँ भनि निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

एसएसपी लोहनीलाई सुनकाण्डको अनुसन्धान गर्न गठित समितिले बयानका लागि बोलाएको थियो । उक्त बयानपछि उनीमाथि पक्राउ पूर्जी थमाइएको हो ।

सुनकाण्ड र सनम शाक्यको हत्या प्रकरणको अनुसन्धान लोहनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित