बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

अदालतको आदेशपछि पत्रकार बस्नेत रिहा

दैनिक नेपाल २०७५ भदौ २९ गते १७:५१

काठमाडौँ, २९ भदौ । विद्युतीय अपराध मुद्दामा प्रहरीले हिरासतमा लिएका खोजतलास साप्ताहिक र खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । बस्नेतले बयानमा आफूले समाचार अन्तैबाट सारेको र त्यसको खण्डन पनि छापिसकेको हुनाले विद्युतीय अपराधमा आफूलाई कारबाही हुन नहुने बताएका थिए ।

न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले उनको मुद्दामा प्रेस काउन्सिलले पनि कारबाही गर्न सक्ने भन्दै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले उनका सामान दिन ललितपुर ल्याइएको र अहिले छोडिसकिएको जानकारी दिए । खोजतलास साप्ताहिक र खोजतलासडटकमले दृष्टि साप्ताहिकमा प्रकाशित ‘हरिसिद्दि को जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको समाचार साभार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित