शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

नवप्रवेशी ‘ए’ डिभिजन क्लब च्यासलको मुख्य प्रशिक्षकमा शाक्य

दैनिक नेपाल २०७५ भदौ २९ गते १७:२७

काठमाडौं, २९ भदौ । राजुकाजी शाक्यलाई ललितपुरको च्यासल युवा क्लबले क्लबको मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । च्यासल युवा क्लब ‘ए’ डिभिजनको नयाँ क्लब हो ।

लामो समयपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई क्लबले मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको हो । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक समेत रहिसकेका शाक्यको अनुबन्ध असोज महिनाबाट लागू हुने बताइएको छ । उनीसँग मनाङ–मर्स्याङ्दी क्लब तथा एनआरटी जस्ता क्लबको प्रशिक्षणको अनुभव छ ।

उनको अनुबन्ध लिग अवधिभर रहेको बताइएको छ । उनको लक्ष्य क्लबलाई च्याम्पियन बनाउने हुनेछ ।

क्लबले झापा-११ का अधिकांश खेलाडीलाई अनुबन्ध गराउने तयारी भइरहेको उनले बताए । क्लबले सिनियर राष्ट्रिय टिमका देवेन्द्र तामाङ, हेमन्त थापामगर, दिनेश थापामगर र योगेश गुरुङलाई अनुबन्ध गरिसकेको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग यही असोज १३ गतेबाट सुरु हुँदैछ । च्यासल ‘ए’ डिभिजन लिगका लागि बढुवा भएको टिम हो । यस लिगमा १४ ‘ए’ डिभिजन टिमले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित