
काठमाडौं, २९ भदौ । भारतमा चलिरहेको यू–१९ चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको छ । नेपाललले दिएको १ सय ५७ रनको लक्ष्य भारत ‘ए’ ले २३ ओभर एक बलमा २ विकेट गुमाएर भेट्टायो ।
लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४/४ विकेट लिए ।
पहिलो खेलमा नेपाल भारतको यू–१९ बी टिमसंग ४० रनले पराजित भएको थियो । अब नेपाली यू–१९ टोली अफगानीस्तानको यू–१९ टोलीसँग आइतबार खेल्ने छ ।















प्रतिक्रिया