४ कार्तिक २०८३, बुधबार

यू–१९ः सन्दीपको अर्धशतकमा नेपालले दियो भारतलाई १५७ रनको लक्ष्य

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ। भारतमा चलिरहेको यू–१९ चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले भारतसामु १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४/४ विकेट लिए ।

पहिलो खेलमा नेपाल भारतको यू–१९ बी टिमसंग ४० रनले पराजित भएको थियो ।