शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

वीरगञ्ज महानगरका मेयर सरावगीले पार्टीबाट राजीनामा दिए

दैनिक नेपाल २०७५ भदौ २९ गते १२:२१


काठमाडौँ, २९ भदौ । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । उनी गएको स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर रावगीले पार्टीबाट राजीनामा दिएका हुन् । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।

फोरमका नेताहरुले भने मेयर सरावगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउने गरेका छन् । बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।

स्रोतका अनुसार कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागिता लगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको नेताहरु बताउँछन् । नगर प्रमुख सरावगीले पार्टीले निर्णय नगरेसम्म राजीनाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।

अनावश्यक कुरामा पार्टीले दबाव दिएको भन्दै उनले दबावमा बसेर काम गर्न नसक्ने पनि बताएका छन् । विगतमा मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्जको विकास गर्ने दायित्व आफ्नो काँधमा आएको भन्दै मेयर सरावगीले आफू त्यसमा लागिरहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित