शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

नेकपाको एकता टुङ्ग्याउने जिम्मा अध्यक्षद्धयलाई

दैनिक नेपाल २०७५ भदौ २८ गते २१:२९

काठमाडौं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले जनवर्गीय देखि जिल्लासम्मको एकता टुङ्ग्याउने जिम्मा अध्यक्षद्धयलाई दिएको छ । विभिन्न कमिटीहरुको एकता टुङ्ग्याउन बिहीबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले उक्त सहमति गर्न अध्यक्षलाई भनेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जनबर्गीय संगठन, मोर्चा, विभाग, आयोग र प्रदेश–जिल्ला तहको एकता टुङ्ग्याउने जिम्मा अध्यक्षद्वयलाई दिएको नेकपा स्रोतले जनाएको छ । यसअघि हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को तर्फबाट महासचिव बिष्णु पौडेलले बरिष्ठता र क्षमताका आधारमा नेतृत्व चयन गर्ने मापदण्ड अघि सारेका थिए ।

छलफलका लागि पर्याप्त समय नभएको भन्दै बिहीबारका लागि सरेको केन्द्रीय सचिवालय बैठकले बिहीबार पनि नेतृत्वको मामिला टुङ्ग्याउन सकेन । अब यस सम्बन्धमा दुई अध्यक्षले सहमति गरेर स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।

गत जेठ ३ गते भएको नेकपा एकतापछि दुई अध्यक्ष, केन्द्रीय सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी निर्माण भएपनि अन्य निकायबीच एकता हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित