
-नगिन्द्र शाही
नेपालका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेष्ठ ३ गते एक आपसमा समाहित हुदै नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा रुपान्तरण भइसकेका छन् । चुवावी तालमेल पार्टी एकतामा परिणत हुँदै देशमा पहिलो पटक दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ । यो एकता दुई दलको एकता मात्र नभई नेपालमा रहेका सत्तरी प्रतिशत नेपाली जनताको मन, भावना र विचारको एकता हो । स्थानीय तहको निवार्चनमा एक आपसमा रस्सा–कस्सी गरेका दुई प्रमुख पतिष्पर्धी दल एकाएक संघ र प्रदेशको निवार्चनमा चुनावी सहकार्य गर्ने कुरा त्यति सहज थिएन तर, जुन तालमेल सफल मात्र भएन पार्टी एकताको बलियो जग बन्यो । धेरैले धेरै प्रकारका नकारात्मक अड्कल काटेका थिए । तर, संघ–प्रदेशको चुनावी सफलताले सबै नकारात्मक अड्कलवाजीको जवाफ सकारात्मक परिणाममा परिणत भयोे । विहानीले दिनको संकेत गरे झै दुई पार्टीको चुनावी एकताले पार्टी एकताको आधार निमार्ण गर्ने काम गर्यो । परिणाम स्वरुप नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक भई नेकपामा रुपान्तरण भइसकेका छन् र अहिले सांगठानिक पुर्नसंरचनाको काम समेत व्यवस्थापनको अन्तिम चरणमा पुगेको छ ।
नेकपाको भावी जीवनका लागि सबै भन्दा महत्पूर्ण पक्ष भनेकै सांगठानिक व्यवस्थापन हो । तत्काल निमार्ण हुने सबै तहका संगठनहरु संक्रमणकालिन भएपनि यी संगठनको व्यवस्थापन र परिचालनले नै नेकपाको भविष्य निर्धारण हुने छ । झन्डै संघ र प्रदेश सभाको चुनावपछि निस्क्रिय रहेका सबै संगठनहरुमा अब छिटै सक्रिय हुने दौरानमा छन् । संगाठानिक पुर्नसंरचनाको कामले नेकपाका सबै तहका कार्यकर्तामा उत्साह जागेको छ । सबैको ध्यान संगठनहरुको संरचना निमार्णमा केन्द्रित भएको छ । सांगठानिक जिम्मेवारी पाउन, लिन र दिन सबै कार्यर्ता बहस छलफलमा जुटेका छन् । जुन भइरहेका बहस र छलफलको सही व्यवस्थापन गर्न सक्नु पर्ने वर्तमान पार्टी नेतृत्वको दायित्व छ । त्यसै गरी दुई ठूला दलको कार्यकर्ता पंक्ति स्वभाविक रुपले ठूलो हुने नै भयो सबै कार्यर्ताका व्यक्तिगत ईच्छा चाहना तत्काल पुरा नहुन पनि सक्छन् । किन भन्दा धेरै कुरा नेकपाको विधान र नियमावलीले तत्कालका लागि सिमितता गरेको छ ।
अहिले नेकपा लाखौं लाख जनता हजारौं कार्यकर्ता र सयौं सय नेता भएको देशको सबै भन्दा ठूलो पार्टी बनेको छ । विशाल पार्टीका यत्रा धेरै कार्यकर्ता व्यवस्थापनमा स्वाभाविकै थोर बहुत चुनौति हुने नै भयो । यो संगठन व्यवस्थापनको संक्रमण चुवावि एकता र पार्टी एकता झैँ नेता कार्यकर्ताको व्यवस्थापन नेतृत्व पंक्तिले गर्न सक्नु पर्दछ । भर्खरै नेकपा सचिवालयले एक व्यक्ति एक कार्यकारी पदको निर्णयले कार्यकर्ता पंक्ति व्यवस्थापनको समस्या धेरै हल भएको छ । झन्डै पार्टी एकताको यो तीन महिनाको अवधिमा संगठन व्यवस्थापनमा धेरै कामहरु भएका छन । विधान, नियमावलीको प्रकाशन र तत्कालीन दुवै पार्टी सांगठानिक स्वरुप एकताको सातै प्रदेशमा खाका तयार भएको छ । सांगठानिक एकताको कामले लिएको तिब्रताले नेकपाको पार्टी पंक्तिमा उत्साह जागेको छ । नेकपाको कार्यकर्ता पंक्तिमा देखिएको उत्साह मात्र पार्टी निर्माणका निम्ति नभई यो समग्र मुलुकको निर्माणका निम्ति पनि महत्पूर्ण छ ।
व्यवस्थित पार्टी संरचना भएको बलियो पार्टीको बलियो सरकारले मात्र जनताका विकास निमार्णका ईच्छाहरु पुरा गर्न सक्छ जुन सौभाग्य धेरै समयपछि नेपालमा नेकपाले प्राप्त गरेको छ । नेकपाको निर्माणसँगै नेपालमा राजनीतिक अस्थिरताको युगको विर्सजन भएको छ । राजनीतिक स्थिरताले मात्र देशमा शान्ति सुव्यवस्था कायम हुन्छ र देश सम्वृद्धिको दिशातिर अग्रसर हुन्छ । नेकपाको सरकार निर्माण भएको पाँच महिनाको अवधिमा सरकारले पाँच बर्षे मार्गचित्र जनतासामु प्रस्तुत गरेको छ । जसमा पाँच बर्ष भित्र प्रतिव्यक्ति आय दोब्बरदेखि पाँच हजार मेगावाट विजुली, युवाहरुलाई स्वदेशमा नै रोजगारीको सुनिश्चिता, कृषिमा आत्मर्निभरता, मोनो रेल लगायत शिक्षा सबै नेपालीलाई अनिवार्य र निःशुल्क जस्ता महत्पूर्ण कार्यक्रम पुरा गर्ने लक्ष्य राखेको छ । सरकारले अघि सारेका यी सबै कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को बलियो एकतासँग जोडिएका छन् । हजारौं हजार कार्यकर्ता पंक्ति भएको नेकपाले सबै कार्यकर्ता पंक्तिलाई देश निर्माणमा लामबद्ध गर्दै सम्वृद्धिको लक्ष्य भेद गर्न सक्नु पर्ने हुन्छ ।
विकास र सम्वृद्धि नारा सरकार र सरकारका प्रधानमन्त्रीसँग मात्र जोडिएको छैन यो नारा सिंगो नेकपासँग जोडिएको छ । तिनै तहका चुनावमा सबै नेकपाको पंक्तिले जनता समक्ष पार्टी एकता गर्ने र विकास गर्ने वाचा गरेको थियो । त्यसैले नेकपाले पार्टी एकताको विषय र देश सम्वृद्ध बनाउने विषय अलग अलग हेर्ने भुल नेकपाले गर्न हुँदैन । पार्टी एकताको विषय टुंगो लागिसकेको अवस्था छ, जसले नेपाली जनतामा नेकपा प्रति विश्वास जागेको छ । दुई पार्टी एकता र एकता भएको पार्टीको बलियो एक्वद्धताले नै मुलुक सम्वृद्धिको मुल द्धार खोल्न सक्छ । वर्तमान सरकारले अघि सारेका योजना कार्यन्वयका लागि सिंगो पार्टी पंक्ति खरो रुपमा उर्तिर्दै चुनावमा गरेका वाचाहरु नेकपाले पुरा गर्नैपर्ने छ । जुन योजनाहरुसँग सरकारको मात्र होइन सिङ्गो नेकपाको भविष्य जोडिएको छ ।
-लेखक तत्कालीन नेकपा एमाले कालिकोटका अध्यक्ष हुन् ।















प्रतिक्रिया