४ कार्तिक २०८३, बुधबार

नेकपाको सचिवालय बैठक ३ बजेलाई सर्‍यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठक सरेको छ । नेताहरुको कार्य व्यवस्तता र तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सरको नेकपाका एक जना सचिवालय सदस्यले जानकारी दिए ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल नेकपाको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । बैठक यसअघि बिहान ११ बजेका लागि डाकिएको थियो ।

बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरूले बताएका छन् ।

केन्द्रमा नेकपाको एकता भए पनि प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा टुंगिएको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच गएको जेठ ३ गते एकता भएको थियो । नेताहरुले भदौ महिनाभित्र एकता सक्ने बताएपनि अन्योल सिर्जना भएको छ ।