काठमाडौं, २७ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यक्रम छ ।
बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरूले बताएका छन् ।
केन्द्रमा नेकपाको एकता भए पनि प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा टुंगिएको छैन । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अन्योलको अवस्था सिर्जना भएको छ ।















प्रतिक्रिया