४ कार्तिक २०८३, बुधबार

नेपाली यू–१९ क्रिकेट टोली भारत प्रस्थान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ टोली नेपाली क्रिकेट टोली आज भारतको लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को निमन्त्रणामा हुन लागेको प्रतियोगितामा खेल्न नेपाली टोली सोमबार भारत प्रस्थान गरेको छ । नेपालले भारतका दुई टोलीसहित अफगानस्तानसँग खेल्नेछन् ।

आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले आगामी बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने बिहीबार भारतको १९ वर्ष मुनिको ए टिमसँग र भदौ ३१ गते अफगानस्तानसँग खेल्नेछ ।

नेपाली टोलीमा आशिफ शेख (कप्तान), तृतराज दास, ऋत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, रवी साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम छन् ।

नेपाली टोलीमा खेलाडीसँगै प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कटुवाल र टोली व्यवस्थापकमा शक्ति गौचन रहनुभएको राष्ट्रिय टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । प्रतियोगितामा चारवटै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । –रासस