मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

कांग्रेस नेता पौडेलेले युरोपका कार्यकर्तालाई सम्बोधन गर्ने

दैनिक नेपाल २०७५ भदौ २५ गते १८:२३

लिस्बन, २५ भदौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा आउने भएका छन् । युरोपका बिभिन्न मूलुकमा क्रियाशील नेपाली जनसम्पर्क समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न बरिष्ठ नेता पौडेल युरोप आउने भएका हुन् । नेता पौडेलले युरोपका आधा दर्जन बढी मूलुकमा आयोजना हुने भेला तथा अन्र्तक्रियालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नेता पौडेलले लग्जम्बर्ग, बेल्जियम, फ्रान्स, स्पेन, स्विजरल्याण्ड, जर्मनी, नेदरल्याण्ड र पोर्चुगलमा रहेका कांग्रेस कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेता पौडेलले नेपाली जनसम्पर्क समिति पोर्चुगलले आयोजना गर्ने नेपालमा संघियताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका बिषयक अन्र्तक्रियालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको समितिका सभापति बिनोद घिमिरेले जानकारी दिए । यही सेप्टेम्बर २० तारिखका दिन राजधानी लिस्बनको आन्जुस स्थित जिनासियो हलमा अन्र्तक्रिया कार्यक्रम हुने घिमिरेले बताए । यसअघि नेता पौडेलले नेपाली जनसम्पर्क समिति लग्जम्बर्गको १६ सेप्टेम्बरमा हुने अधिबेशनलाई सम्बोधन गर्नेछन् ।

यस्तै नेपाली जनसम्पर्क समिति बेल्जियमले १७ सेप्टेम्बरमा आयोजना गर्ने बृहत् अन्र्तक्रियालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेता पौडेलले १८ सेप्टेम्बरमा फ्रान्स, २१ सेप्टेम्बरमा स्पेन, २२ सेप्टेम्बरमा स्विजरल्याण्ड, २४ सेप्टेम्बरमा जर्मनी र २५ सेप्टेम्बरमा नेदरल्याण्डमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित