३० आश्विन २०८३, शुक्रबार

बलात्कृत राष्ट्रको नागरिक हुँ म

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-भोजराज घोडासैनी

कसरी हुन्छ र गर्छन दानवहरूले ? यो एउटा प्रश्न हो । जसले हरेक पल आफैसँग सवाल गरिरहेको हुन्छ । सिमाना के मा हुदैन ? प्यासी को हुदैनन् ? र, आगोले केलाई जलाउँदैन ? एकएक सवाल गर्न मन नभएको भने हुँदै हैन । तर, जवाफ पनि आफूसँगै छ सोध्ने कसलाई ?

मानव हुन शिर, अनुहार, नाक, कान, आखा, हातखुट्टा भएर मात्रै पुग्दैन । पवित्र हृदय र हृदयभित्र आदर र सम्मान हुनुपर्छ । अन्यथा भौतिक शरीरको सुन्दर आवरण त पशुसँग पनि हुन्छ चेतना बिनाको । चराचुरूङ्गी जनावर र जनावर जस्तै मान्छेहरू जति सुखै जनचेतना लेखिएका ठूल्ठूला पोष्टर उनिहरूको बिचमा राखिदिए पनि अन्तिममा सम्म पढ्न सक्दैन र नोटः भन्दै सावधान ! भनेर लेखिएको कानुनी भाषा बुझ्दैन ।

हुन त स्वयम् देशकै बलात्कार न भएको हैन । तर, अप्रत्यक्ष रूपले लुटिनु भन्दा प्रत्यक्ष लुटिनुमा हजार गुणा ठूलो पीडा हुने रहेछ, फरक केवल यही हो सुरक्षित देश पनि छँदै छैन ।

यस्तो बेला आफू स्वयम् नै सचेत हुन र सुरक्षित बाटो अपनाउन जरूरी हुन्छ । भनाई छ मुर्खले रूखको हाँगा टुप्पो तिर बसेर फेद काटछ अरे । यतिबेला फेद बाचाउनु महत्वपूर्ण कार्य हो भने अर्कातिर रत्नाकर र हिटलर जस्तालाई परिवर्तन गरेर बाल्मीकि र बुद्ध बनाउनुपर्छ ।

पछिल्ला केहिदिन यता मेरी आमाको कोख रित्यो हुँदै गएको छ । यसरी रित्तिदै गएको छ कि आफैले बुद्ध भनेर जन्माएका छोराहरूले सिता जस्ती छोरीको बलात्कार पछिको हत्याले । दुई सन्तानलाई समान शिक्षा एउटै काख र उस्तै संस्कार छोरी सिता नै रहिरहिन तर छोरो जल्लाद भएको छ । प्यासको आगो निभाउन समुद्रतिर जाँदैन दमकल खोजिरहेछ सरकार । जसले गर्दा आज छोरीलाई जन्मदिने आमावुबाको निन्द्रा हराएको छ ।

केही समय यता देशमा चेली बलात्कारको शिकारमा छ । हुन त स्वयम् देशकै बलात्कार न भएको हैन । तर, अप्रत्यक्ष रूपले लुटिनु भन्दा प्रत्यक्ष लुटिनुमा हजार गुणा ठूलो पीडा हुने रहेछ, फरक केवल यही हो सुरक्षित देश पनि छँदै छैन । मलाई लाग्छ देश रजश्वला हुनु भन्दा पहिले २००७ सम्म राणाहरूबाट १०४ वर्ष सम्म रखेल बनाएर देशलाई राखेका हुन् । यसपछी देश २०६२÷२०६३ को आमुल परिवर्तनको आन्दोलनले गरेको कमैया मुक्त जस्तै गरि पञ्चायत बहुदल शिकार बन्यो । अहिले आएर संघीय लोकतान्त्रिक गणतन्त्रबाट देशको छातीसँग राष्ट्रिय दलालहरूले मजा लुटिरहेको छन् ।

यो बिचमा देशकै लागि धनेर प्राणको आहुति दिनेको कमी भने भएको हैन । तर, पनि देशले न्याय पाएन । न देशले नै मुहार फेर्‍यो । उधारो बेचिएको समान जस्तो मात्रै भयो असुली होला भने आस गर्न पनि नसकिने छोडिदिन पनि मनले नमान्ने ।  महत्वपूर्ण कुरा यो हो देशले शान्तिको सास फेर्‍यो भने राष्ट्रिय गौरवले ठाउँ पाउँछ । तर दुर्भाग्यपूर्ण नै भनुपर्छ त्यही राष्ट्रसेवक हुँ भनेहरूले त्यही राष्ट्रको छाती र यौनांग मात्रै देखिरहे ।

लगाऊ लामा लामा लुगा र उठ् अब सबै आफ्नो देश आफै बनाउन । ए मेरी सुकुमारी दिदीबहिनीहरू हो लामो लुगाले सुन्दरता छापिने छैन बरू छेक्ने छ अस्मिता र जोगाउने अस्तित्व । र, बचाई राख्नेछ तिम्रा अंगका सुन्दर गहनाहरूलाई, लाग्ने छैन तिमीमा गिद्धको नजर ।

मैले यसो भनिरहँदा सवाल उठ्न सक्छ आज सम्मको विकास के हुन ? कसले गर्‍यो ? वास्तविकता यो हो कि जुन देशको माटोमा जन्मियौ, हुर्कियौ, खायौ, खेल्यौ यही माटोमाथि छाडेका हुन पर्खाहरूले बीरता अनि गौरवशाली इतिहास । आज यसैको अस्तित्वमा खेल्ने हरूलाई कसरी म सच्चा देशको सिपाही भनूँ ? खएर छोडौ यो सब पीडाको भाषाहरू बोल्न ।

अब देशमा बुद्ध फर्किनु पर्छ । बहिनीको रक्षा गर्न र आमाको अस्तित्व जोगाउन । हो बुद्ध आए भने राष्ट्र आमाले शान्तिको सास फेर्न पाउने आस गर्न सकिन्छ । तर, पनि ए चेलिहरू हो आफ्नो सुरक्षित हुने बाटो तिमीसँग पनि छ है । लगाऊ लामा लामा लुगा र उठ् अब सबै आफ्नो देश आफै बनाउन ।

ए मेरी सुकुमारी दिदीबहिनीहरू हो लामो लुगाले सुन्दरता छापिने छैन बरू छेक्ने छ अस्मिता र जोगाउने अस्तित्व । र, बचाई राख्नेछ तिम्रा अंगका सुन्दर गहनाहरूलाई, लाग्ने छैन तिमीमा गिद्धको नजर । अब अरूको भर नपरी आफ्नै घर आँगन छेउ, गाउँ र समाज बनायौ भने बन्ने छ देश उठ्नेछ हाम्रो शिर । यसबाट पूर्ण परिवर्तन नभएपनि केही न केही परिवर्तन भने जरूर हुनेछ । अनि म भनेछु सुरक्षित राष्ट्र र बुद्धको देशको मान्छे हुँ म भनेर ।

(सुर्खेतका लेखक घोडासैनी हाल दक्षिण कोरियामा छन् ।)