४ कार्तिक २०८३, बुधबार

उपाधि हारेको झोकमा रेफ्रीलाई ‘चोर’ भनेपछि…

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । यूएस ओपन टेनिसको फाइनल खेलमा जापानकी नाओमी ओसाकासँग हारेपछि ६ पटककी उपाधि विजेता सेरेना विलियम्स भावुक भन्दा बढि आक्रमक भइन् । फाइनलमा उनी सोझो सेटमा हारेपछि आफ्नो रिसको झोंक खेलका रेफ्रीसामु पोखेकी छन् ।

पहिलो सेटमा उनी ६–२ ले पराजित भइन् । त्यसपछि दोस्रो सेटमा पनि ६–४ ले पाखा लागेपछि उनको आक्रमकता खेल सञ्चालन गरेका रेफ्री सामु पोखियो ।

दोस्रो सेट सकिएलगत्तै उनी रेफ्रीसामु पुगेर गाली गरेको बिबिसीले जनाएको छ । उनले रेफ्रीलाई ‘चोर’ र ‘मूर्ख’ भन्दै थर्काइन् । यति मात्र होइन उनले रेफ्रीलाई ग्रुप लैंगिकताको विभेद गरेको पनि आरोप लगाइन् ।

पछि उनले आफूले गल्ती गरेको भन्दै माफि मागेकी थिइन् । सेरेनाले उपाधि जितेकी ओसाकासामु झुकेर सम्मान समेत प्रकट गरेकी थिइन् ।

विवाद यसरी शुरु भयो

जब कोर्टमा दोस्रो सेटको खेल भइरहेको थियो । सेरेनाले जितका लागि संघर्ष गर्दै थिइन् । त्यति नै वेला उनका प्रशिक्षकले केहि सुझावको आवश्यकता रहेको महसुस गरे । त्यहि वेला सेरेनाका प्रशिक्षकले उनलाई केहि कुरा निर्देश गरेका थिए । तर टेनिसको नियमले भन्छ की खेलको दौरानमा खेलाडी र प्रशिक्षकबीच कुनैपनि प्रकारको संवाद गर्न पाईंदैन । यसकारण रेफ्रीले सेरेनाका प्रशिक्षकलाई रुलिङ गरे । तर सेरेनाको कमजोर खेल उनले देख्न सकेनन् । यहीँबाट विवाद शुरु भएको थियो ।

सेरेनाका कोचले आफूले नियम मिचेको भन्नेकुराको खण्डन गर्दै ओसाकाका प्रशिक्षकले जे गरेका थिए आफूले पनि त्यहि गरेको बताए ।

एक अमेरिकी एकल प्ुरुष तर्फको १२ पटकका टेनिस विजेता विल्ले जिन किङले महिलाहरु धेरै संवेदनशिल हुने र त्यहि कुरा खेलको दौरानमा प्रस्तुत भएको तर त्यो कुनै आक्रमकता नभएको प्रतिक्रिया दिए । -एजेन्सी