
काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक राष्ट्र बंगलादेशको सामना गर्दैछ ।
आज नेपालले बंगबन्धु रंगशालामा नेपाली समयअनुसार साँझ ६:४५ बजे खेल्दैछ । सेमिफाइनलको यात्रा तय गर्न नेपालले आज बंगलादेशविरुद्ध स्पष्ट जित निकाल्नुपर्छ । नेपालले आज बराबरी खेलेपनि सेमिफाइनलमा पुग्न सक्छ । यसका लागि समूहको अर्को खेलमा भुटानले पाकिस्तानलाई पराजित गर्नुपर्ने हुन्छ । यसो भएमा नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुग्छ ।
समूह विजेता बन्दै अघि बढ्न नेपालले आज बंगलादेशलाई कम्तीमा दुई गोलको अन्तरले पराजित गर्नुपर्छ । तर, पाकिस्तान भुटानसँग पराजित भएमा र नेपाले बंगलादेशलाई सामान्य जितेमा पनि नेपाल समूह विजेता बन्छ ।
पहिलो खेल पाकिस्तानसँग गुमाएको नेपालले दोस्रो खेलमा भुटानलाई राम्रो अन्तरले गरेपछि सेमिफाइनलको आशा जीवितै राखेको थियो ।
उता बंगलादेशका प्रशिक्षक जेम्स डेले नेपाल उत्कृष्ट फर्ममा रहेको र आफूहरुलाई अफ्ट्यारोमा पार्न सक्ने टिप्पणी गरेका छन् । उनले नेपाल पाकिस्तानसँग अभागी रहेको तर भुटानसँग उत्कृष्ट प्रदर्शन गरेको भन्दै आजको खेल गाह्रो हुने उनले बताए ।















प्रतिक्रिया