३ कार्तिक २०८३, मंगलबार

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली, कप्तान खड्का भन्छन्- हामीले नराम्रो खेलेर हार्‍यौं

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ । एसिया कप छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाली टोली आज दिउँसो १२:३० मा स्वदेश आइपुगेको हो ।

एसिया कप छनोटमा नेपाल पहिलो खेलमा ओमानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेल युएईसँग गुमाएको थियो ।

तेस्रो खेलमा मलेसियामाथि जित हात पारेको नेपाली टोलीले चौथो खेलमा सिंगापुरालई चार विकेटले पराजित गरेको थियो । अन्तिम खेलमामा हङकङसँग हारेपछि नेपालको एसिया कप छनोट यात्रा टुंगिएको थियो ।

छनोट कपको उपाधि भने हङकङले जितेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मलेसियामा भएको गल्तीबाट पाठ सिकेर अघि बढ्ने बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कप्तान खड्काले भने, ‘कमीकमजोरीलाई सुधारेर अघि बढ्छौं । ब्याटिङमा हाम्रो पहिलेदेखि नै समस्या थियो । प्रदर्शनप्रति दुख लागेको छ ।’

क्रिकेटको विकासका लागि पछिसम्मका लागि योजना बनाउनुपर्ने उनले बताए । आफूहरुले नराम्रो खेलेरै खराब नतिजा आएको उनले स्वीकारे ।

हारको जिम्मेवार खेलाडीहरुले लिनुपर्ने र लिएको उनी बताउँछन् । यसपटक बलिङ पनि आफूहरुले सोचेअनुसार गर्न नसकेको उनले बताए ।

नेपाली ब्याट्सम्यानको समस्या नै डट बल भएको बताउँदै उनी भन्छन्, ‘लङ ट्रम प्लान बनाएर अघि बढ्छौं ।’ नेपाली युवा खेलाडी रोहित पौडैल तथा अनिलकुमार शाहहरुको नेपाली क्रिकेटमा भविष्य भएको उनले बताए ।