
काठमाडौं, २१ भदौ । भुटानविरुद्ध नेपालले दोस्रो गोल प्रहार गरेको छ ।
खेलको ७० औं मिनेटमा नेपालका युवा स्ट्राइकर बिमल घर्ती मगरको पेनाल्टीमा आएको रिबाउन्ड बलमा सुनिलले गोल गर्दै अग्रतलाई दोब्बर पारे । त्यसअघि बिमलको पेनाल्टी भुटानका किपरले बचाएका थिए ।
त्यस्तै खेलको ७९ औं मिनेटमा नेपालका लागि भरत खवासले मैदान छिरेको केही मिनेटमै मैदानको बीच भागबाट बल अघि बढाएर सुन्दर गोल गरे ।
राष्ट्रिय टीममा भरतको यो दशौं गोल हो ।















प्रतिक्रिया