
काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार नेपालले भुटानको सामना गर्दैछ । आजको खेलमा नेपाल टोलीको कप्तानी गोलकिपर किरण चेमजोङले गर्नेछन् । उनले राष्ट्रिय टोलीको कप्तानी आज पहिलोपटक सम्हाल्दैछन् ।
नियमित कप्तान विराज महर्जन प्लेइङ-११ मा नपरेपछि उनले कप्तानीको जिम्मा पाएका हुन् । विराजसँगै नेपाली टोलीको भरपर्दा खेलाडी भरत खवास र नवयुग श्रेष्ठ पनि बेञ्चमै परेका छन् ।
त्यस्तै नेपालका नियमित कप्तान विराज महर्जनले आज भुटानविरुद्ध मैदानमा देखिएमा उनले एक किर्तिमान बनाउनेछन् । राष्ट्रिय टीमबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको उनी बन्नेछन् ।
उता कप्तान किरण चेमजोङसँग पनि कप्तानी अनुभव भने छ । यसअघि उनले एसियाली खेलकुदमा यु-२३ राष्ट्रिय टीमको कप्तानी गरेका थिए ।
प्लेइङ-११
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : सुमन अर्याल, आदित्य चौधरी, दिनेश राजवंशी, अनन्त तामाङ
मिडफिल्डर : रोहित चन्द, बिशाल राई, सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल
फरवार्ड : विमल घर्ती मगर















प्रतिक्रिया