
काठमाडौं, २१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्कँदैछ । मलेसियामा सम्पन्न भएको एसिया कप छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाली टोली भोलि दिउँसो १२:१५ मा काटमाडौं उत्रँदैछ ।
नेपालको मलेसिया यात्रा सुखद रहेन । नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको थियो । त्यसपछि दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले चौथो खेलमा मलेसिया र चौथो खेलमा सिंगापुरलाई पराजित गरेको थियो ।
पाँचौ तथा अन्तिम खेलमा झिनो छनोट सम्भावना बोकेर मैदानमा उत्रिएको नेपाली टोलीले हङकङको नमिठो हार बेहोर्यो ।
प्रतियोगिताबाट बाहिरिएसँगै नेपाली टोली भोलि स्वदेश फर्कन लागेको हो ।















प्रतिक्रिया