३ कार्तिक २०८३, मंगलबार

यो हो डेविड बेकह्यामको नयाँ क्लब

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ भदौ । पूर्वफुटबल खेलाडी डेविड बेकह्यामको अमेरिकी मेजर लिग सकर क्लबको नाम तथा लोगो सार्वजनिक भएको छ ।

इंग्ल्याण्डका पूर्वखेलाडी बेकह्यामको एमएलएस क्लबको नाम इन्टरनेशनल डी फुटबोल मायामी वा इन्टर मायामी सिएफ राखिएको हो ।

बेकह्यामको क्लब इन्टर मायामीले सन् २०२० मा एमएलएसमा डेब्यु गर्नेछ । क्लबको लोगो गुलाबी, कालो र सेतो रंगको छ । लोगोमा दुई बकुल्ला र सातवटा किरणसहितको सूर्य रहेको छ ।

बेकह्यामले लोगोमा आफ्नो देश इंग्ल्याण्डको झलक दिएका छन् । म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, पेरिस सेन्ट–जर्मेन, पिएसजी र एसी मिलानका पूर्व खेलाडी क्लबका मालिक तथा प्रशिक्षक हुन् । एजेन्सी