१ कार्तिक २०८३, शनिबार

प्रदीपको ‘आमा’ अमेरिकामा सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नर्थ क्यारोलिना । हालै मात्र आफ्नो दोस्रो सांगीतिक कोशेली ‘अनिता’ प्रस्तुत गरेका गायक प्रदीप घिमिरेले अर्को मार्मिक म्युजिक भिडियो ल्याएका छन् ।

आन्मा नासा एनएद्वारा आयोजित प्रथम राष्ट्रिय सम्मेलनको कन्सर्ट कार्यक्रममा गायक तथा मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महत, नासाका पूर्व सभापति एवं पर्यटन दूत राजा घले तथा नेब्रास्का नेपलिज सोसाइटीका सभापति राज आचार्यले घिमिरेको ‘आमा’ नामक म्युजिक भिडियोलाई सार्वजनिक गरेका हुन् । फ्लोरिडा निवासी घिमिरे सिकागो पुगेर आफ्नो सांगेतिक मेहनत दर्शकसामु प्रस्तुत गर्न पाउदा प्रफुल्लित देखिन्थे ।

नेपाली आधुनिक तथा पप गीत संगीतलाई पहिचान गराउन सक्रिय अग्नि बैण्डका मुख्य गाएक प्रदीपले आमाको देन, महत्व र गरिमालाई सांगीतिक शब्दमा प्रस्तुत गरेका छन् ।

साहित्यकार तथा गीतकार डा अनुप श्रीवास्तवको रचना तथा राहुल प्रधानद्वारा संगीतबद्ध गरिएको सो गीतमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री मिथिला शर्माको मुख्य अभिनय रहेको छ भने प्रमोद भारद्वाज, सुसन कोइराला, पूर्णिमा श्रेष्ठको साथमा बालकलाकार म्यानुअल श्रेष्ठ र मिलि श्रेष्ठको समेत अभिनय हेर्न सकिन्छ ।

म्युजिक मेनिया इन्टरटेनमेन्ट द्वारा प्रस्तुत सो गीतको छायांकन चक्र महर्जनले गरेका छन् । सम्पादन बिजेश पौड्यालले गरेका छन् । अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको सो म्युजिक भिडियोको निर्देशन राहुल प्रधानले नै गरेका हुन् ।