३ कार्तिक २०८३, मंगलबार

पूर्वएआइजी कायस्थको तस्बिर समाचारबाट हटाइयो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । ‘३८ क्वीन्टल सुन प्रकरणः थप ८ विरुद्ध रेडकर्नर नोटिस, प्रहरी नै फरार सूचीमा’ शीर्षकको समाचारमा प्रकाशित तस्बिरलाई लिएर विजयलाल कायस्थले अपत्ति जनाएका छन् ।

कायस्थले दैनिक नेपाल डट कमलाई खण्डन पठाइ समाचारमा रहेका सो तस्बिर हटाउन माग गरेका छन् । दैनिक नेपाल डट कमले समाचारमा असावधानीवस प्रयोग गरेको कायस्थको तस्बिरलाई हटाएको छ ।

नेपाल प्रहरीका पूर्वएआइजी समेत रहेका कायस्थले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले समाचारमा तस्बिर प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् ।