१२ कार्तिक २०८३, बिहिबार

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध चार उजुरी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो ।

उक्त समयसीमा बुधबार सकिएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन् । शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।