
काठमाडौं, १९ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
मंगलबार बंगलादेशको एक रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको हो । पहिलो हाफको ३४ औं मिनेटमा नेपालले पहिलो गोल पेनाल्टीमार्फत खायो ।
खेलको ८२ औं मिनेटमा नेपालले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको थियो । तर, खेलको अन्तिम मिनेट नेपालले जोगाउन सकेन । अन्तिम मिनेटमा पाकिस्तानले गोल गर्दै २-१ को जित हात पार्यो ।















प्रतिक्रिया