
काठमाडौं, १९ भदौ । एसिया कप छनोट अन्तर्गत नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।
मंगलबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
हङकङका अंशुमान रथले ५२ रन बनाए भने किन्चित शाहले ११ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुँदै ९५ रन बनाएको थियो ।
हारसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै रहेको छ ।















प्रतिक्रिया