३ कार्तिक २०८३, मंगलबार

नेपालले दियो हङकङलाई ९६ रनको झिनो लक्ष्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । एसिया कप छनोट क्रिकेट अन्तर्गत मंगलबारको खेलमा नेपालले हङकङसामु ९६ रनको झिनो लक्ष्य पेस गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा मात्रै ९५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । निकै खराब ब्याटिङ गरेको नेपालले एकै रनमा पहिलो विकेटको रुपमा सुवास खकुरेललाई गुमायो । उनी शुन्य रनमा आउट भएका थिए ।

नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । नेपालको स्कोर ४४ रन हुँदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । यस्तै, ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो ।

लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भए । सागर पुन ७ रनमा आउट भए । सोमपाल कामीले खाता खोल्न सकेनन् । नेपालका लागि बसन्त रेग्मीले १५ रन थपे ।
आठौँ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी बीच ३४ रनको साझेदारी भयो । यसले नेपाललाई केही राहत भएको थियो । तर नेपालले ९२ रन बनाउँदा आरिफ १८ रनमा आउट हुन पुगे ।