१२ कार्तिक २०८३, बिहिबार

सेवा आयोगका अध्यक्षकी पत्नीको ४४औँ दिनमा…

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । आयोगका वर्तमान अध्यक्ष चैतन्यप्रसाद शर्माकी श्रीमती सीता शर्माको बढुवा प्रकरण पनि रोचक छ ।

उनलाई पुस्तकालयध्यक्ष (विशिष्ट)पदमा बढुवा गर्न आयोगले हतारहतारमा विनियम बनाई ०७३ फागुनमा अन्य केही कर्मचारीको समेत विज्ञापन गर्‍यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विज्ञापन गरेको ४४औँ दिनमा शर्माको नाम निकालियो । शर्मा नियुक्तिपत्र बुझेको केही दिनमा नै सेवानिवृत्त भइन् । तर, सोही विज्ञापनका बाँकीको भने एक वर्षपछि ०७४ फागुनमा मात्र नतिजा प्रकाशन गरियो ।

शर्माको बढुवाको भित्री कारण पनि उनको सेवा अवधि नै थियो । शर्मा दुई महिनापछि सेवानिवृत्त हुँदै थिइन्, आयोगले ४४औँ दिनमा शर्माको मात्र नतिजा निकालेर अवकाशअघि एक तह बढुवा गरायो ।