३ कार्तिक २०८३, मंगलबार

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ भदौ । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस वर्षको विश्व पुरुष खेलाडी वर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पूर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यीमध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै वर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परेका थिए । एएफपी