४ कार्तिक २०८३, बुधबार

मन्त्रीका नाममा ब्रम्हलुट गर्ने को हुन् भाइकाजी ?

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । मेलम्ची विकास समितिका प्रमुख सूर्य कँडेल र उपप्रमुख रामप्रसाद खरेलले मेलम्चीको बाटोको टेण्डरमा ठूलो घोटाला गर्ने योजनासहित टेण्डर प्रक्रियालाई अड्काएर राखेको खुलासा भएको छ ।

कँडेल र खरेललाई टेण्डर अड्काउन खानेपानी तथा सरसफाइमन्त्री बिना मगरका दाई पर्ने भाइकाजी घिमिरे र मन्त्रीको निजी सचिवालयले साथ दिएको स्रोतले जनाएको छ । चितवन घर भएका भाइकाजी घिमिरे बिना मगरलाई बाहिनी मानेर टीका लगाउँदै आएका छन् ।

मन्त्री मगरको नाम लिएर खानेपानी मन्त्रालयमा हालीमुहाली गर्दै आएका भाइकाजीकै योजना र दवावमा मेलम्ची विकास समितिका प्रमुख कँडेल र उपप्रमुख खरेललाई मेलम्चीको बाटो निर्माणको दोस्रो टेण्डर प्रक्रिया रोक्न लगाइ आफू निकटका ठेकेदारलाई दिन चलखेल भइरहेको स्रोतको दाबी छ ।

मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको दोस्रो खण्डको बाटो निर्माणका लागि असार ६ गते करीव ७४ करोड बराबरको टेण्डर आह्वान गरेको थियो । टेण्डर प्रक्रियामा ११ वटा कम्पनीले भाग लिएका छन् ।

यस विषयमा प्रक्रिया लिन मेलम्ची विकास समितिको कार्यालयको ल्याण्डलाइनमा फोन गर्दा उठेन ।

तर, मूल्यांकनको बहाना बनाएर एक महिनामा टुंग्याउनुपर्ने टेण्डरलाई लामो समयसम्म रोकेर राखिएको आरोप छ । मेलम्चीको बाटो निर्माणमा आर्थिक लेनदेनमा कुरा नमिलेरै टेण्डर निकाल्न ढिलाइ गरिएको आरोप छ ।

स्रोतका अनुसार रमेश शर्मा र जिपछिरिङ शेर्पाको कम्पनीलाई मेलम्चीको बाटो निर्माणको टेण्डर दिने गरेर योजना बनेको स्रोतले दाबी गरेको छ ।