३ कार्तिक २०८३, मंगलबार

दुई टेस्टमा भारत लगातार इंग्ल्याण्डसँग पराजित, श्रृङ्खला गुमाउने खतरा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ भदौ । लगातार दुई टेस्टमा पराजित भएपछि तेस्रो टेस्टमा जित निकालेर भारतले इंग्ल्याण्डसँगको पाँच टेस्टको शृङ्खलामा फर्किने छाँट देखाएको छ । चौथो टेस्टमा पनि उसले राम्रै गरेको थियो ।

चौथो टेस्टको दोस्रो पारीमा राम्रो प्रदर्शन गर्न नसक्दा भारत पराजित भयो र शृङ्खला नै गुमाउन पुग्यो । घरेलु टोली इंग्ल्याण्डले भारतलाई चौथो टेस्टमा ६० रनले हराएको छ । योसँगै पाँच टेस्टको शृङ्खला इंग्ल्याण्डले कम्तिमा ३–१ ले आफ्नो पक्षमा पारेको छ ।

दोस्रो पारीमा कप्तान विराट कोहली र अजिन्क्या राहाणेको अर्धशतकीय पारीका बाबजुद अरु ब्याट्सम्यान खासै चल्न नसक्दा हार बेहोर्न बाध्य भयो भारत । कोहलीले १३० बलमा ५८ तथा राहाणेले १५९ बलमा ५१ रन बनाए ।

भारतका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् भने दुई जनाले दोहोरे अंकमा रन बनाउन सकेनन् । भारतका लागि दोस्रो पारीमा चार विकेट लिएका इंल्याण्डका मोइन अली घातक बने ।

अब भारतले इंग्ल्याण्डसँग अन्तिम टेस्ट खेल्न बाँकी छ र यसमा जित निकाले पनि शृङ्खला इंग्ल्याण्डकै हुनेछ । पहिलो पारीमा १३२ रन बनाएका चेतेश्वर पूजारा दोस्रो पारीमा पाँच रनमै आउट भए । एजेन्सी