
काठमाडौं, १७ भदौ । एसिया कप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो झट्का लागेको छ ।
१५२ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रुपमा अनिल शाहलाई ४३ रनमा गुमायो । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले आज पनि खराब प्रदर्शन गरे । उनी ११ बलमा ११ रन बनाउँदै पेभेलियन फर्के ।
१३.४ ओभरको खेल चलिरहँदा नेपाल ७२/२ को स्थितिमा छ । अहिले क्रिजमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल छन् ।















प्रतिक्रिया