३ कार्तिक २०८३, मंगलबार

एसिया कप छनोट : नेपालको सुखद शुरुआत

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । एसिया कप छनोटको चौथो खेलमा नेपालले सिंगापुरविरुद्ध सुखद शुरुआत गरेको छ ।

मलेसियाको एक रंगशालामा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको थियो । सिंगापुर ४२ ओभरमा १५१ रन बनाउँदै अलआउट भएको थियो ।

सानो लक्ष्य पछ्याइरहेको नेपाली टोलीले ८ ओभरको खेल सकिँदा ३८ बनाएको छ । जसमा ओपनर अनिल शाहले सानदार ब्याटिङ गरिरहेका छन् । उनले २५ रन हानेका छन् । त्यस्तै सुवास खकुरेल बनाउँदै १२ खेलिरहेका छन् ।

नेपालले आजको खेल नगुमाउने लक्षण देखिएको छ । ओपनिङमा सुधार आएपछि नेपाली टोलीमाथि जितको आशा बढेको छ ।