१२ कार्तिक २०८३, बिहिबार

रातो पासपोर्ट दुरुपयोग गर्न सांसदहरूले यसरी गर्दै छन् चलखेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । सांसदले निजी काममा विदेश जाँदासमेत कुटनितिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउनेगरी कानून बनाउन चलखेल थालेका छन् ।

यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यसअघि संघीय सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ । सांसदहरूले राहदानीसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमा परिचयपत्र पेश गरेको आधारमा रातो पासपोर्ट पाउनुपर्ने र व्यक्तिगत काममा विदेश जाँदा पनि प्रयोग गर्न पाउनुपर्ने माग राखेका छन् ।

केही सांसदले भने संघीय सांसदलाई रातो पासपोर्ट र प्रयोगसम्बन्धमा छुट्टै कार्यविधि बनाउनुपर्ने व्यवस्था गर्न संशोधन हालेका छन् ।