१२ कार्तिक २०८३, बिहिबार

नेकपाभित्र विवाद, संगठन गठन नहुँदै बने समानान्तर कमिटी

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा तल्लो तहका संगठन गठन नहुँदै समानान्तर कमिटी सिफारिस भएको छ ।

एकताको लागि गठन भएको कार्यादलले विधि प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटले एकलौटी गर्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकटले समानान्तर कमिटि सिफारिस गरेको छ ।

काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदल सिफारिस भयो । तर, सो कमिटिीमा एकलौटी रुपमा संस्थापन पक्षले सिफरिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षमा समानान्तर सिफारिस गरेको छ ।