१३ कार्तिक २०८३, शुक्रबार

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १७ भदौ । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् ।

आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरिए पनि शनिबार बिदा भएकाले आइतबार मात्रै जाहेरी दर्ता गरिने कोहलपुर प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार कोहलपुर नगरपालिका–३ मैटहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर–४ बस्ने १५ बर्से किशोर हरूण खाँले घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका बलात्कारको सिकार भइन् । कञ्चन गाउँपालिकाकी उनलाई २० बर्से विकल भन्ने खेमबहादुर पुनले बलात्कार गरेका थिए । मावली घर आएकी उनलाई राति चकलेट दिन्छु भन्दै उनले बलात्कार गरेका हुन् ।

तीन दिनअघि बुटवलको ज्ञानपुञ्ज विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल यौनहिंसा आरोपमा पक्राउ परेका छन् । उनले विद्यालयको छात्रावासमै छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप छ ।

बिहीबार गुल्मी रजस्थलका ५६ बर्से धनबहादुर चुँदाराले ३५ वर्षीया एक महिलामाथि बलात्कार गरेका थिए । खेतमा पानी लगाएर फर्किंदै गरेकी उनीमाथि उक्त घटना भएको हो ।

रोल्पामा एक सातामा बलात्कारका दुई मुद्दा प्रहरीकहाँ पुगेका छन् । शुक्रबार मात्रै साढे ६ वर्षीय बालिकामाथि भएको बलात्कारको मुद्दा प्रहरीकहाँ आएको हो । रोल्पा नगरपालिकाभित्रकै एक बालिकालाई उनको नाताभित्रैका १५ वर्षीय किशोरले बलात्कार गरेको अभिभावकले जाहेरीमा लेखेका छन् ।