
-डिल्लीराम अम्माई
बेल्जियम । दुःखको पीडाबोधले कल्पनालाई झन् गहिर्याउँदै, तीखार्दै र उत्तेजित बनाउदै अथाह क्षितिजतर्फको यात्रातिर लग्दै गरेको उनेले थाहै पाईनन् । भावनालाई न त उनले रोक्ने चेष्टा गरिन्, न त उनले आँफुलाई सुगम बाटोबाट नै हिडाउन सकिन् । बस्, मनले भावनालाई नवीनताको यात्रातर्फ धकेलिरह्यो, उत्प्रेरित गरिरह्यो । भावना र भोगाईको सन्तान भएकोले कल्पना आफैंमा अपूर्ण भएर पनि पूर्णताको खोजीमा भौतारिह्यो । पैतालादेखि शिरसम्म उनलाई भावनाको तेजाबी विरागले पोलिरह्यो । मनको तरंगलाई कल्पनाले साथी बनाउँदै कहिले ती यूरोपका असहाय बटुवाहरुको बीचमा पुर्याएर प्रश्नहरु सोध्न पुग्दथ्यो, त कहिले हिमालको चिसो हावाको स्वादमा आँसुको शितन पिएर बाँचेका धर्तीपुत्रहरुको मानव वस्तीमा ।
भन्न धेरै सजिलो छ यो युगमा । कल्पनाको भावलाई व्यवहारको निर्देशिका अनुसार चलायमान बनाउने कसको हिम्मत र ? कसैको पीडामिश्रित दुःखलाई कल्पना गरेर भावनाको उत्प्रेरणाले व्यवहारको बाटोबाट बुझ्ने कार्यलाई आजकल झिंजो मानिन्छ । ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं मनसँग बाँच्नेहरुको समवेदनाको लहरलाई छाम्नु अचेल पागलपन नै हो । यो भनाई दुनियाँको सुख भोगेर अघाएका र एकांकीको नाट्यशालामा आँफु र आँफुसँग रमाउनेहरुका लागि नै राखिएको होला ।
कल्पनामा सवै यात्राका कथाहरुलाई केस्रा–केस्रा गरेर केलाउथिन् उनी, ‘के सवै यूरोप छिर्नेहरुको शुरुवाती काल यस्तै थियो त ?’ प्रश्न गर्दथिन् र आफ्ना चिचिलाहरुको दीनचर्याहरुको छाँया या रहरले उनको भावनालाई यात्राको बाटोमा लगाम लगाएर पछाडि खिच्दथ्यो ।
उनी सवै किसिमका भावनाका प्रसादहरु खाँदै र आफ्नो जीवनलाई सुरक्षित साथै भविष्यलाई सुनौलो बनाउन आएकी थिइन् क्यार युरोप । यो काकाकुलहरुको बस्ती वा भनौं बेल्जियममा । यो मर्नु र बाँच्नुको ठाँउ र महायुद्धका सबै समवेदनाहरु पचाएर भावना र कल्पनाको अथाह भारीलाई झन्झटिलो बनाइसकेको कारखानामा । यसको चाल एकनासको भएर पनि निर्जीवजस्तै भईसकेको छ सायद । मन टोलाएको छ, कल्पनाले यात्रा रोकेको छ, र भावना पनि कारखानाको आवाजसँगै बतासिएको छ ।
उनले आफूलाई एक्लो पाइन् यो ठाँउमा र धेरै रात एक्लै रोएर बिताईन् शरणार्थी शिविरमा । दुई सन्तानकी आमा, बाबुको पनि पिउने बानीले कर्तव्यको बोझलाई हलुंगो बनाई सकेको । तैपनि छिमेकीका छोराछोरी शहरका ठूला विद्याशालाहरुमा पढ्दै गरेका, कपालको अगाडिको रौं काटेर पातलो चर्मलेपन जस्तै कपडामा ठाँटिएर नाङ्गो पनमा रमाउने कोरलीहरुको चाल ढालले आफ्नो सन्तानहरु पनि नमिठो गरी बाङ्गिएका र झिजोलिएका कारणले उनलाई यो ठाँउसम्म ल्याईपु¥यायो । उनले शिविरका प्रत्येक पाउरोटीको गाँससँगै भविष्यका सुकिला भोजपात्रका दानाहरु निलिरहेकी थिइन् र सङ्लो सुपसँगै सपना पिईरहेकी थिइन् ।
हुन त अलिकति समय स्कटल्याण्डको हावाको स्वाद र नरमाइलो लाग्ने रमाइलो मजा लिएर बिताएकी थिइन् । त्यहाँको पढाइले पुगेन अरे पिआरको लागि । कामले जसोतसो घरको दीनचर्यालाई सघाउ पु¥याएको थियो । श्रीमानको खाई पियाईको स्तर पनि बृद्धि ग¥यो र चारको ठाँउमा आठको खर्च उचाईले आकाशिने मौका दियो । तर धनमा मन दिएका विद्यालयलाई कमाउने साधन बनाएकाहरुले सवैको शिक्षा र धन आर्जनको एकल यात्रालाई विचैमा रोक्न वाध्य बनाइदियो स्कटल्याण्डमा । कानूनी रुपमा क्याम्पस पनि सरकारी पत्यारको सीमाबाट बाहिरिएसँगै सबै विद्यार्थीरुपी धनयात्रीहरुको पनि विल्लीबाँठ भयो । कोही कता लागे, कोही घर फर्के र केही नेपालीहरु खोला तरेर यूरोपको यात्रालाई खोजयात्रामा रुपान्तरण गर्दै यो ठाँउसम्म पनि आईपुगे । रुदै यस्तै कुरो गर्थिन उनी ।
कल्पनामा सवै यात्राका कथाहरुलाई केस्रा–केस्रा गरेर केलाउथिन् उनी, ‘के सवै यूरोप छिर्नेहरुको शुरुवाती काल यस्तै थियो त ?’ प्रश्न गर्दथिन् र आफ्ना चिचिलाहरुको दीनचर्याहरुको छाँया या रहरले उनको भावनालाई यात्राको बाटोमा लगाम लगाएर पछाडि खिच्दथ्यो ।
एकदिनको कुरा हो, शरणार्थी क्याम्पबाट उनी सामान्य परिचयको आधारले हौसिदै, आफ्नो मनलाई नयाँ आशाले तरंगित बनाउदै नेपाली भेट्न नजिकैको शहरतर्फ आइन् । सानैमा विवाह गरेपनि स्नातक उत्तीर्ण गरेकी, उनी ‘नेपाली कथित दाजुको आशमा, केही हुन्छ कि र कतै सानो तिनो काम गर्न पाए घरको तिरो भरोको जोहो गर्न सकिन्थ्यो कि ?’ भन्ने मनसायले एक्लै रमाउदै दाजुसँग बजार घुमिन् । दिउँसोको खानपिन भयो दाजुसँगै । दाजुले राम्रै सत्कार गरे, उनेको भावनालाई सम्मानको दोसल्लाले सजाउन कुनै कसुर बाँकी राखेनन् ।
उनले सोचिन, ‘यो पृथ्वी हो, यहाँ भावना बोकेका, दशा विग्रेकी कल्पनालाई यात्रामा सघाउने महानतम् आत्मा पनि रहेछन् ।’ परोपकार र यातनाको दोहोरो मापदण्डलाई अपनाउन सक्ने सम्भावनाको आशंकालाई सत्कारको मिठासले दवाएर राख्यो ।
‘भलिभाती भोलापनको शिकार हुने तरखरमा जाँदै गरेकी त छैनन् ?’ भन्ने शंकाको आभाष पनि उनलाई भएन । उनी सत्कारको चिल्लोपनले टाँसिईसकेकी थिइन् र हप्तामा दाजुको दर्शन र दिनमा फोनको अभिसप्त आवाजले क्रमश खश्रो पाउरोटीले तर्कुला कोतारेको भुल्दै गइन् । आशाले कल्पनालाई जागरुक बनायो । घरको याद र बालबच्चाहरुको पर(छाँयालाई विस्तारै सपनाबाट अलिक पर पु¥यायो र भोलिको उज्वल सन्देशलाई शरिरका तन्तुहरुसम्म प्रवाहित गर्दै लग्यो । दाजुको आफ्नोपनमा के थियो उनले बुझ्ने चासो राखिनन् । भावनामा कति पवित्रता थियो नाप्ने उनलाई हेक्का नै भएन । उसको मित्रतामा कति बाठोपनले निम्ता गरेको थियो शायद उनले मोहनी छाँयाको सितालाताले विर्सेकी थिइन् ।
कल्पना आँफैमा दुखी बालबच्चा र श्रीमान्को न्यानोपन विना सिरानीको सहराले जिउन सिक्दै थिइन् । तर अव त दाजुपनि बाटोमा भेटिएका एक खासजस्तै भईसकेका थिए । दाजुले एकदिन बहिनीलाई ‘दुईदिन शिविरबाट विदा लिएर कतै घुम्न जाने र काम पनि खोज्ने’ प्रस्ताव राखे । उनी अलिकति हच्किइन् र सोचिन्, “हैन दाजुले कतै अप्ठ्यारो पार्ने त हैनन् ? कोठामा एक्लै छन् , कतै सजिलोको अनुभूति र सहराको स्वादले पिरो अनुभूति गर्नु पर्ने त हैन ? ”
उनले पछि फोन गर्ने भनेर फोन राखिन् । ठिकै छ त सोच । कल्पना भावनासँगै रातभर बागिन् । शुक्रवार आउन अझै बाँकी छ दुई दिन । काम गर्ने अनुमति पत्र पनि शायद अर्को हप्ता आउला । कतै काम खोज्नु पर्ने पनि हुन्छ । फेरि अन्तरवार्ता भयो भने बेलायतबाट आउनेहरुलाई सबैं औंठाछाप सहित कागजपत्रहरु दिन्छ रे । अनि सकरात्मक निर्णण हुने त चानसै छैन । यस्तै सोचिन शायद उनले ।
उनलाई रातभर निन्द्रा परेन । खै घरपरिवार, बाआमा र विवाहको मण्डपमा खाएका धेरे कसमहरु पनि सम्झिहोलिन् । साथी भाईका हल्ला र यूरोपवारे काकाकुलका धेरै किस्साहरु पनि सुनिन् होली । तर विहानको नास्तापछि उनले दाजुको एकल सहारालाई मञ्जुरी दिने निर्णय गरिन् ।
राति अवेरसम्म गफको लेखाले जीवनको गीतलाई लयवद्ध बनायो । रसरंगले दाजूबहिनीको नक्कली पर्दा हटायो र भविष्यको धुपिलो सहयोगको आश्वासनले एउटै विस्तारामा रातलाई ततायो ।
दाजूपनि त त्यति अभद्र छैनन् । एकल भएपनि धेरै मान्छे चिनेका छन् । काम खोजिदिन र वासको पनि वन्दोवस्त गर्ने वचन दिएका छन् । उनी सुस्ताइन् र दुईदिनको विदालिई क्याम्पबाट नजिकैको शहरतर्फ लागिन् ।
दाजै स्टेशनसम्मै लिन आए र हाउभाउको साथ कल्पनाको स्वागत गरे । भावनाको तरगं कल्पना हो । यो पनि त कसैको सहराले बग्ने कोशिस गर्छ । एक्लै बाँच्न त शायद गाह्रै पर्छ होला । बगिरहिन् नरोकिइकन ।
वेलुका दाजैले अस्वभाविक रुपमा खानपान गराए । धेरै लामो कहानी सुनाए, यूरोपियन सभ्यताको । नेपाली सभ्यताको अलिकति खिल्ली उडाए । बाँच्ने तरिका गोराहरुबाट सिक्ने सुझाव अर्थ्याए र सवै रसरंगहरुको स्वादमा रमाउन जान्नु पर्ने शिक्षा दिन थाले । “अलिकति जाडो हटाउन पर्छ कि बैनी !” सेतो रक्सीको कैरमलाई स्वास्थ्यसँगै जोडी अंगुरको मिठो रसको स्वाद लिन लगाए । उनी पनि हो क्यारे ! भनेर थोरै लिइन, विस्तारै करैकरमा अलिक लिइन् र अलिक उत्ताउली बन्ने धुन चढ्यो । राति अवेरसम्म गफको लेखाले जीवनको गीतलाई लयवद्ध बनायो । रसरंगले दाजूबहिनीको नक्कली पर्दा हटायो र भविष्यको धुपिलो सहयोगको आश्वासनले एउटै विस्तारामा रातलाई ततायो ।
त्यतिखेरै सुसेलीको आवाज जस्तो आवाज आयो ढोकाबाट । दुवै जन्मपछि नाल नकाट्दैको सिसुकालमा जस्तै चरनाम । ढोकाले फेरि आवाज दियो ढक् ढक् ढक्….।
दाजु पनि तीनचार पटकको बेहोसी मादकतासहितको रंगलिलाले होस् गुमाएको बटुवा झै छट्पटाए र शरीरको सालनाललाई पर्दाले वेरेर ढोका खोल्न गए । ढोका खोल्ने वित्तिकै पुलिसले कपडा लगाउन भने । उनले डराउदै कपडा लगाए । सबै कोठाको चेकजाँच भयो । अन्त्यमा हत्कडी लगाएर पुलिसले कागज बिहीन ‘इलिगल’ भन्दै दाजुलाई लगे ।
कल्पनाको मादकताले विश्राम लिएको थियो । त्यो दृश्यले उनको भविष्यसँग जोडिएको रमझमलाई एकैछिनमा फुटेको सिसा झैं चकनाचुर बनाई दियो । आखिर दाजुपनि उस्तै रहेछन । गैर कानूनी रुपमा एकछिनको शितलताले लठ्ठिएर चौपारीमा बसेको भरिया झैं तन्नाम् ।
ऊनी स्तव्ध भईन् र उनको आँखाबाट भर्खरै गरेको पाप र उसको दाजुले दिएको आश्वासनलाई पखाल्ने अनगिन्ती आँसुका थोपा पालो नपर्खिकन भुईँमा झरे । उनको अगाडिको संसार घुम्न थाल्यो । चारैतर्फबाट वादल मडारिएर आयो र एक्कासी आँखाको ढक्कनले पर्दा लगायो । उनी अविश्वासको विषले लठ्ठिएर त्यहि कोठामा लड्न पुगिन् ।















प्रतिक्रिया