
नगिन्द्र शाही
नेपालका दुई ठुला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेष्ठ ३ गते एक आपसमा समाहित हुदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा रुपान्तरण भएका छन् । चुवावी तालमेल पार्टी एकतामा परिणत हुँदै देशमा पहिलो पटक दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ । यो एकता दुई दलको एकता मात्र नभई नेपालमा रहेका सत्तरी प्रतिशत नेपाली जनताको मन, भावना र विचारको एकता हो ।
स्थानीय तहको निवार्चनमा एक आपसमा रस्साकस्सी गरेका दुई प्रमुख प्रतिस्पर्धी दल एकाएक संघ र प्रदेशको निवार्चनमा चुनावी सहकार्य गर्ने कुरा त्यति सहज थिएन तर जुन तालमेल सफल मात्र भएन पार्टी एकताको बलियो जग बन्यो । धेरैले धेरै अड्कल काटेका थिए । तर संघ प्रदेशको चुनावी सफलताले सबै नकारात्मक अड्कलवाजीको जवाफ सकारात्मक परिणाममा परिणत भयोे ।
बिहानीले दिनको संकेत गरे झै दुई पार्टीको चुनावी एकताले पार्टी एकताको आधार निर्माण गर्ने काम गर्यो । परिणाम स्वरुप नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एक भई नेकपामा रुपान्त्रण भइसकेका छन् ।
अहिले सांगठनिक पुनः संरचनाको काम समेत ब्यवस्थापनको अन्तिम चरणमा पुगेको छ । नेकपाको भावी जीवनका लागि सबै भन्दा महत्वपूर्ण पक्ष भनेकै सांगठानिक ब्यवस्थापन हो । तत्काल निमार्ण हुने सबै तहका संगठनहरु संक्रमणकालिन भएपनि यि संगठनको ब्यवस्थापन र परिचालनले नै नेकपाको भविष्य निर्धारण हुने छ । झन्डै संघ र प्रदेश सभाको चुनावपछि निस्क्रिय रहेका सबै संगठनहरुमा अब छिटै सक्रिय हुने दौरानमा छन् । सांगठनिक पुनः संरचनाको कामले नेकपाका सबै तहका कार्यकर्तामा उत्साह जागेको छ । सबैको ध्यान संगठनहरुको संरचना निमार्णमा केन्द्रित भएको छ ।
सागठानिक जिम्मेवारी पाउन, लिन र दिन सबै कार्यकर्ता बहस छलफलमा जुटेका छन् । जुन भइरहेका बहस र छलफलको सही ब्यवस्थापन गर्न सक्नुपर्ने वर्तमान पार्टी नेतृत्वको दायित्व छ । त्यसैगरी दुई ठुला दलको कार्यकर्ता पंक्ति स्वभाविक रुपले ठुलो हुने नै भयो । सबै कार्यकर्ताका ब्यक्तिगत इच्छा चाहना तत्काल पुरा नहुन पनि सक्छन् । किन भन्दा धेरै कुरा नेकपाको विधान र निमावलीले तत्कालका लागी सिमितता गरेको छ । अहिले नेकपा लाखौं लाख जनता हजारौं कार्यकर्ता र सयौं सय नेता भएको देशको सबै भन्दा ठुलो पार्टी बनेको छ । विशाल पार्टीका यत्रा धेरै कार्यकर्ता ब्यवस्थापनमा स्वाभाविकै थोर बहुत चुनौति हुने नै भयो । यो संगठन ब्यवस्थापनको संक्रमण चुवावि एकता र पार्टी एकता झै नेता कार्यक्रताको ब्यवस्थापन नेतृत्व पंक्तिले गर्न सक्नु पर्दछ । भखरै नेकपा सचिवालयले एक ब्यक्ति एक कार्यकारी पदको निर्णयले कार्यकर्तापंक्ति ब्यवस्थाको समस्या धेरै हल भएको छ ।
झन्डै पार्टी एकताको यो तीन महिनाको अवधिमा संगठन ब्यवस्थापनमा धेरै कामहरु भएका छन् । विधान, निमावलीको प्रकाशन र तत्कालिन दुवै पार्टीे सांगठनिक स्वरुपमा एकताको सातै प्रदेशमा खाका तयार भएको छ । सांगठनिक एकताको कामले लिएको तीब्रताले नेकपाको पार्टी पंक्तिमा उत्साह जागेको छ । नेकपाको कार्यकर्ता पंक्तिमा देखिएको उत्साह मात्र पार्टी निमार्णका निम्ति नभई यो समग्र मुलुको निमार्णका निम्ति पनि महत्पुर्ण छ । ब्यवस्थित पार्टी संरचना भएको बलियो पार्टीको बलियो सरकारले मात्र जनताका विकास निमार्णका इच्छाहरु पुरा गर्न सक्छ जुन सौभाग्य धेरै समयपछि नेपालमा नेकपाले प्राप्त गरेको छ । नेकपाको निमार्ण संगै नेपालमा राजनीतिक अस्थिर्ताको युगको विसर्जन भएको छ । राजनीतिक स्थिरताले मात्र देशमा शान्ति सु–ब्यवस्था कायम हुन्छ र देश सम्वृद्धिको दिशा तिर अग्रसर हुन्छ ।
नेकपाको सरकार निमार्ण भएको पाँच महिनाको यो अवधिमा सरकारले पाँच वर्षे मार्गचित्र जनता सामु प्रस्तुत गरेको छ । जसमा पाँच बर्ष भित्र प्रतिब्यक्ति आय दोब्बर देखि पाँच हजार मेघावाट विजुली, युवाहरुलाई स्वदेशमा नै रोजगारीकको सुनिश्चिता, कृषिमा आत्मर्निभरता, मनो रेल लगायत शिक्षा सबै नेपालीलाई अनिवार्य र निशुल्क जस्ता महत्पुर्ण कार्यक्रम पुरा गर्ने लक्ष्य राखेको छ ।
सरकारले अघि सारेकासबै कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बलियो एकतासँग जोडिएका छन् । हजारौं हजार कार्यकर्ता पंक्ति भएको नेकपाले सबै कार्यकर्ता पंक्तिलाई देश निमार्णमा लामबद्ध गर्दै सम्वृद्धिको लक्ष्यभेद गर्न सक्नु पर्ने हुन्छ ।
विकास र समृद्धि नारा सरकार र सरकारका प्रधानमन्त्रीसँग मात्र जोडिएको छैन । यो नारा सिङ्गो नेकपासँग जोडिएको छ ।
तीनै तहका चुनावमा सबै नेकपाको पंक्तिले जनता समक्ष पार्टी एकता गर्ने र विकास गर्ने वाचा गरेको थियो । त्यसैले नेकपाले पार्टी एकताको विषय र देश सम्वृद्ध बनाउने विषय अलग अलग हेर्ने भुल नेकपाले गर्न हुदैन । पार्टी एकताको विषय टुङ्गो लागी सकेको अवस्था छ जसले नेपाली जनतामा नेकपा प्रति विश्वास जागेको छ । दुइ पार्टी एकता र एकता भएको पार्टीको बलियो एक्यवद्धताले नै मुलुक सम्वृद्धिको मूल द्धार खोल्न सक्छ । वर्तमान सरकारले अघि सारेका योजना कार्यन्वयका लागी सिंगो पार्टी पंक्ति खरो रुपमा उत्रिँदै चुनावमा गरेका वाचाहरु नेकपाले पुरा गर्नै पर्ने छ । जुन योजनाहरुसँग सरकारको मात्र होइन सिंगो नेकपाको भविष्य जोडिएको छ ।
लेखक शाही पूर्व नेकपा एमाले कालिकोटका तत्कालिन अध्यक्ष हुन् ।















प्रतिक्रिया