३ कार्तिक २०८३, मंगलबार

एसिया कप छनोट :  खराब प्रदर्शनमा नेपाल, लगातार ५ विकेट गुम्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । एसिया कप छनोट अन्तर्गत नेपालले मलेसियासँगको खेलमा खराब प्रदर्शन गरेको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालको लगातार पाँच विकेट गईसकेको छ ।

पहिलो विकेटका रुपमा सुवास खकुरेलललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का, तेस्रो विकेटका रुपमा अनिल कुमार साह, चौथो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल तथा पाँचौँ विकेटको रुपमा सागर पुनलाई गुमाएको हो ।

खकुरेल ८ बलमा ९ रन, कप्तान पारस १३ रन, साह १६ रनमा र मल्लले ११ रनमा आउट भए । सागर पुनले भने खाता नै खोल्न सकेनन् । यसअघिका दुवै खेल हारेको नेपाल अब भने कठिन मोडमा छ ।