२१ कार्तिक २०८३, शनिबार

यस्तो घरमा बस्छन् बलिउड अभिनेता ऋतिक रोशन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो आगामी फिल्म ‘सुपर ३०’लाई लिएर चर्चामा छन् । यसैबीच उनी छुट्टीमा आफ्ना बच्चा र पूर्वश्रीमती सुजैन खानसँग पनि देखिने गर्छन् ।

तर, आजम हामी न ऋतिकको फिल्मको कुरा गर्छौं न परिवारको बारेमा नै । हामी आज ऋतिकको आलिशान महलको बारेमा कुरा गर्दैछौ । फिल्मका हस्ती ऋतिकका बारेमा उनका फ्यानहरु धेरै कुरा जान्न चाहन्छन् ।

ऋतिक ल्याविश अपार्टमेन्ट जुहूस्थित प्राइम बीच बिल्डिङको तेस्रो तलामा छ । उनले घरको इन्टेरियरका लागि निकै मेहनत गरेका छन् । उनले घरमा विभिन्न देशमा जाँदा ल्याएका सामानहरुले सजाएका छन् ।

घरको भित्तामा कोटेशन्स देखिन्छ । यसमा ऋतिकले केही लेखेका छन् । यसबाहेक ऋतिकले भित्तामा छोराहरुको कोलाज पनि सुन्दर ढंगले राखेका छन् ।

डायनिङदेखि पूल एरियासम्म ऋतिको घरको हरेक कुनाले तपाईको ध्यान तान्छ ।

अचम्मको कुरा के भने ऋतिक र अक्षय कुमार छिमेकी हुन् ।