३ कार्तिक २०८३, मंगलबार

एसिया कप छनोट : चलेनन् आरिफ र करण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । मलेसियाम जारी एसिया कप छनोट प्रतियोगितामा नेपालले निराशाजनक प्रदर्शन गरिरहेको छ ।

हालसम्म ३४ ओभरको खेल सकिँदा नेपालले मात्र ११० रन बनाएको छ । जसमा नेपालको ६ विकेट पतन भइसकेको छ । अघिल्लो क्रमका ब्याट्सम्यान खासै चल्न सकेनन् । कप्तान र उपकप्तान दुवै नचलेपछि मध्यक्रमका ब्याट्सम्यानमाथि नेपालले आशा राखेको थियो । नेपालका लागि सुवास खकुरेलले ५० रन बनाउनुबाहेक अरुले कुनै जादु देखाउन सकेनन् ।

मध्यक्रममा ब्याट्सन आरिफ शेख र करण केसी दुवै पेभेलियन फर्किसकेका छन् । आरिफ सेख ११ बलमा ३ रन बनाउँदै एलबीडब्यूको धरापमा परे । त्यस्तै करण केसी पनि एलबिडब्यूकै शिकार भए ।

युएईविरुद्ध ब्याटिङ गरिरहेको  नेपालको ब्याटिङ पनि धरासायी बनेको छ ।

लक्ष्य- २५५ रन