३ कार्तिक २०८३, मंगलबार

एसिया कप छनोट : तीन प्रभावशाली ब्याट्सम्यान आउट, मध्यक्रमले जिताउला ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले गतिलो प्रदर्शन गर्न सकेको छैन । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याइरहेको नेपाली टोलीले २६ ओभरमा ८७ रन मात्र बनाएको छ । अहिलेसम्म नेपालले तीन प्रभावशाली ब्याट्सम्यान गुमाइसकेको छ । ओपनर ज्ञानेन्द्र मल्लले ४ बलको खेल्दै चर रन बनाएर पेभेलियन फर्के । त्यस्तै कप्तान पारस खड्का पनि सस्तैमा आउट भए । उनले २० बलमा १६ रन बनाए ।

बुधबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सागर पुनले आज खेल देखाउन सकेनन् । उनले २० बलमा ३ रन मात्र बनाए । उनी मलेसियाको मैदानसँग परिचित भएका कारण पनि नेपालले उनीमाथि बलियो आशा राखेको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ रन जोडे भने एड्नान मुफ्तीले अविजित ५७ रनको योगदान दिए । त्यस्तै अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । १० ओभर बल फ्याँकेका लामिछानेले २ मेडन राख्दै २४ रन खर्चे । बसन्त रेग्मी र सोमपाल कामीले पनि समानसमान २-२ विकेट लिए ।