३ कार्तिक २०८३, मंगलबार

एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पायो नेपालले

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको हो ।
नेपालक लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २६ रन खर्चेर ४ विकेट लिए । यस्तै बसन्त रेग्मीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ ।

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले बिहीबारको खेल जित्नैपर्छ ।