१ कार्तिक २०८३, शनिबार

युकेबाट प्रदेश १ को नाम लिम्बुवान राख्न माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । किरात याक्थुङ चुम्लुङ युकेले प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ ।

नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरूमध्ये प्रदेश १ को नाम लिम्बुवान राख्न माग गरिएको हो ।

‘सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने गरी गोर्खा राज्यसंग सम्झौता गरी नेपालमा जोडिएको ताजा इतिहासलाई सम्मान गर्दै ऐतिहासिक आधारमा प्रदेश १ को नाम ‘लिम्बुवान“ वा ‘लिम्बुवान किरात“ राख्नु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

देशविदेश र संयुक्त राष्ट्रसङ्घमा समेत लिम्बुवानको मुद्धा एवं पहिचान स्थापित भईसकेको कारण स्थायी शान्ति, समृद्धिको निम्ति सरकार तथा सम्बन्धित निकायले प्रदेश १ को नाम लिम्वुवान प्रदेश नै हुनुपर्ने माग गरिएको छ ।

पहिचानको मुद्धामा एकपछि अर्को गर्दै गलत कार्य र बेइमानी थप्ने काम अहिलेको सरकारबाट भईरहेको भएपनि प्रदेश १ को नामाङ्कनको सम्बन्धमा सरकारबाट पुनः गलत निर्णय नहोस् भनी विज्ञप्तिमार्फत सावधान गराइएको छ ।