३ कार्तिक २०८३, मंगलबार

म्यानमाका राष्ट्रपति काठमाडौंमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमाका राष्ट्रपति विन मिन्त विशेष विमानबाट मंगलबार अपराह्न राजधानी आइपुगेका छन् ।

राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । म्यानमाका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । राष्ट्रपति विनलाई म्यान्माका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यानमाका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । -रासस