काठमाडौं, १२ भदौ । गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डीएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ ।
उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
उनी संखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
गृहको छानविन टोलीले सालका काठ डिएसपी भण्डारीले जिल्लाबाहिर तस्करी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।















प्रतिक्रिया