१२ कार्तिक २०८३, बिहिबार

सम्मेलनमा १७ हजार सुरक्षाकर्मी, सेनाको नेतृत्वमा सुरक्षा निकाय परिचालित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ ।

सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको सरकारले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गर्नेछ । सेनाकै सुरक्षा योजनाअनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् ।

संयोजक सुवेदीले सुरक्षा योजना पारित भएर लागू पनि भइसकेको बताए । उनले भने, ‘मेरै संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनेको छ । जसमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा गुप्तचर परिचालन हुनेछन् । सुरक्षा प्रबन्ध मजबुत पारिएको छ । सुरक्षा प्रबन्धमा कुनै सम्झौता गरिएको छैन ।’