४ कार्तिक २०८३, बुधबार

यसरी मनाइयो गाईजात्रा, हेर्नुहोस् १२ तस्वीरमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । आफ्ना दिवङ्गत भएका आफन्तको सम्झनामा सोमबार गाईजात्रा पर्व मनाइएको छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी सोमबार यो वर्प मनाइयो । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा आफ्नै आकार प्रकारका झाँकी प्रदर्शन गरिएको थियो ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएका व्यक्तिको सम्झनामा नगर परिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
उपत्यकाको गाईजात्रा हेर्नुहोस् यी तस्वीरहरुमाः