१ कार्तिक २०८३, शनिबार

अमेरिकी प्रोफेसरद्वारा छात्रवृत्तिको घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकी प्रोफेसर डा टड ह्वाइटले नेपालमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक बिकास छात्रवृत्तिको घोषणा गरेका छन् । उनी अमेरिकाको न्युमेक्सिकोस्थित युनिभर्सिटी अफ न्युमेक्सिकोमा प्राध्यापनरत छन् ।

नेपाली विद्यार्थीका माझ निकै नै लोकप्रिय रहेका उनी नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफु निकै खुसी भएको बताउँछन् ।

नेपाल र नेपालीलाई औधी माया गर्ने उनी आफु नेपाल जाने अत्यधिक चाहना भएको र छिट्टै नै यस्तै अन्य केही योजनाका साथ नेपाल जाने कुरा उनले हामीसँगको कुराकानीमा बताए ।

उक्त शैक्षिक बिकास छात्रवृत्तिलाई अझै बिकसित बनाई नेपालभरी नै फैलाउने उक्त छात्रवृत्ती कोषका संरक्षक त्रिभुवन पाण्डेले बताए। साथसाथै, कोषले प्राथमिक चरणमा स्याङ्जा जिल्लाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत पाँचरपाँच जेहेन्दार छात्रछात्रालाई सहयोग गर्ने पनि उनले जानकारी दिए ।